काभ्रे (मण्डनदेउपुर) – जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १२ का अध्यक्ष गोविन्द पराजुलीले आफूले बजारको भाउभन्दा कम मूल्यमा मकैको बीउ बिक्री गरेको बताउनुभएको छ ।

बेथानचोक खबर डटकममा आएको जस्तो धेरै पैसा नलिएको र यस्तो लकडाउनको समयमा समेत केही रकममात्रै नाफा लिएर मकै बेचेको बताएका हुन् । उहाँले सिपि ८०८ मकै बजारमा २५ सय रुपियाँसम्ममा किनबेच भएको समेत बताउनुभयो तर, यस्तो समयमा समेत किसानकै घरमा पु¥याउन सहकारीलाई २२५० मा उपलब्ध गराएको अध्यक्ष पराजुलीले बताउनुभयो । बजारमा समेत मैले दिएको मूल्यमा मकै धेरैले बिक्री गरेको छैन ।

मण्डनदेउपुरका धेरै ठाउँमा सोही मकै २५ सय सम्म बिक्री भएको गुनासो आइरहेको समेत उहाँले बताउनुभयो । जनप्रतिनिधीले फूलको माला र जुत्ताको माला बेर्होन सक्नु पर्ने भएकाले यसलाई आफूले सामान्य रुपमा लिएको अध्यक्ष पराजुलीले बताउनुभयो । आफूले जनताको सेवामा सकृय भएर लागेको समेत बताउनुभयो ।

बजारमा अहिले मकैको बिउ अभाव छ । सिपी ८०८ मकैको अभावको फाइदा उठाउँदै बजारमा २६ सय रुपियासम्ममा सोही मकैको बीउको बिक्री वितरण हुने गरेको छ । सामान्य अवस्थाकै जसरी वडाअध्यक्षले पराजुलीले सहुलियत दरमा मकै उपलब्ध गराएको दावी केही स्थानीयले समेत गर्नुभएको छ । उहाँले लामो समयदेखि किसानलाइ सहुलियत दरमा मकैको बीउ वितरण गर्नु भएको एक स्थानीयले बताउनुभयो ।

सम्पादकको भनाइ
हामी हाम्रो समाचार स्रोतप्रति विश्वस्त छौ । बजार मूल्यभन्दा धेरै रकम लिएर कालोबजारी गर्ने तथा बजारमा भैरहेको अनियमितामा हामी निरन्तर कलम चलाउने छौ । यो समाचारवाट मण्डनदेउपुर नगरपालिका वडा नं १२ का अध्यक्ष गोविन्दप्रसाद पराजुलीलाई पर्न गएको असरप्रति क्षमायाचना गर्दछौ ।


तपाईको प्रतिक्रिया