बाँके – उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरुमा अनुगमन थालिएको छ । मुस्लिम आयोग आफैँले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन सुरु गरेको हो ।

आयोगले जिल्ला स्तरीय अनुगमन समिति निमार्ण गरे पछि बाँकेको समितिले सक्रियता देखाएको छ । मुस्लिम आयोगले स्थानीय प्रशासन, स्थानीय निकायहरुको समन्वय सहकार्यमा रहेर अनुगमन गर्न बाँकेमा अब्दुल हमिद सिद्धिकिीको संयोजकत्वमा रहेको समितिका सदस्य एंव थर्ड एयान्सका प्रमुख आलम खानले नेपालगंज उपमहानगरपालिकाका मेयर डाक्टर धवलसम्शेर राणा संग भेट गरी समितिका बारेमा जानकारी गराउनु भएको थियो ।

मेयर राणाले आयोगको निर्णयलाई स्वागत गर्दै आवश्यक सहयोग गर्ने बताउदै अनुगमनमा सहजता होस भन्नका लागि नगरपालिकाको एक जना प्रतिनिधिलाई जिम्मेवारी तोकिएको छ । नगरपालिकाले वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनालाई आवश्यक सहयोग र सहजिकरणका लागि तोकिएको जनाएको छ । मेयर राणाले मस्जिद, मदरसाहरुमा जमातीहरु लुकेर बसेको सामाजिक संजालमा आएको कुराले जनमानसमा रहेकाले शंका समाप्त गर्न यो समितिले प्रभावकारी रुपमा काम गर्न सक्ने बताउनु भयो । उहाँले नगरभित्र पालिकाको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यता संयोजक सिद्धिकिले नगरपालिकाले देखाएको चासोको प्रशंसा गर्दै अन्य स्थानीय निकायहरुले समेत चासो व्यक्त गर्न जरुरी रहेको जिकिर गर्नु भयो । उहाँले आयोगले सुरु गरेको काम निकै राम्रो रहेकोले सहयोग अपिल गर्नु भयो । संयोजक सिद्धिकिले कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह सम्बन्धीत सबै पक्ष संग आग्रह गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बैठक
मुस्लिम आयोगले गठन गरेको समिति संग आईतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको प्रमुख अतिथ्यिमा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवस्तव, सुरक्षा अधिकारीहरु लगायतको उपस्थितीम बसेको बैठकले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले गठन गरेको समितिलाई पूर्ण सहयोग गर्ने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

आयोगले समिति गठन गरे पछि केही व्यक्तिहरु आयोगको आलोचन गरी रहेको कार्यको सुरक्षा अधिकारीहरुले आलोचना गर्दै अनुगमन र स्वास्थ्य परिक्षण सहयोग गर्न सम्पूर्ण धार्मिक संस्थाहरुलाई अपिल गर्नु भयो । प्रमुख जिल्ला अधिकारीले मुस्लिम आयोगले समिति गठन गरेर काम गर्न सहज बनाएको बताउदै अब सबै धर्मको धार्मिक संस्थाहरुको स्थलगत अनुगमन गरी धार्मिक संस्थाहरुमा बसेका मौलाना, महान्तहरु,पास्टर लगायत सबैको स्वास्थ्य परिक्षण गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका सभापति अजय श्रीस्तवले मस्जिदमा सामूहिक नमाज नपढन आग्रह गर्दै मस्जिदमा आजान रोकिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनु भएको थियो । बैठक पश्चात संचारकर्मीहरु संग कुरा गर्दै संयोजक सिद्धिकिीले सोमबार धार्मिक, सामाजिक अगुवाहरु संग बैठक बसेर अनुगमनलाई निरन्तरता दिने बताउनु भयो । उहाँले सरकारको निर्णयलाई मानिदिन सबै संग अपिल गर्नु भयो ।


तपाईको प्रतिक्रिया