काभ्रे (भकुन्डे) – जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ मा रहेको भकुण्डे र नौविसे बजार अब दैनिक रुपमा खोलिने भएको छ । यस अधि हप्ताको दुई दिनमात्रै खुल्ने निर्णय वडा कार्यलयले गरेको थियो ।

त्यसो गर्दा पछि धेरै भिडभाड भए पछि नमोबुद्ध उद्योग वाणिज्य संघले दैनिक ३ घण्टा खोलीने संघका अध्यक्ष बसु नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार दैनिक बिहान ७ बजेदेखि १० बजे सम्म खाद्यान्न, तरकारी, फलफुल र मासु जन्य पसल खोल्न दिईने छ ।

गत बैशाख ४ गते वडा अध्यक्ष धर्म लामाले वडामा भएका व्यवसायीहरुसँग छलफल गर्दै आईतबार र बुधबार बिहान ७ देखि १० बजे सम्म खोल्ने निर्णय भएको थियो । यसो गर्दा धेरै भिडभाड भएको र संक्रमण फैलन सक्ने जोखिम बढेकालाई दैनिक रुपमा खोल्न दिईने वडा अध्यक्ष धर्म लामाले बताए ।


तपाईको प्रतिक्रिया