कैलाली – चट्याङ लागेर अछाममा एक जना महिलाको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाँउपालिकाको वडानम्बर ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाहको चट्याङ लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चट्याङ लागेर अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय सीतादेवी शाह र ३ वर्षीय कल्पना शाह रहेका छन् ।

उनीहरुको स्थानीय स्वास्थ केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भरतीले जानकारी दिए । शाहको घर नजिकै को विद्युतको पोलमा दिउँसो करिब ३ बजे चट्याङ परेको उनले बताए ।


तपाईको प्रतिक्रिया