रामेछाप – रामेछापमा तामाकोसी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नम्बर २ टेकानपुरका १८वीर्षिय सुमन रम्तेल रहेका छन् । सदरमुकाम मन्थली नजिकै तामाकोसी नदीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको रामेछापका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

नदीमा डुबेका किशोरको उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा लगिएको थियो । किशोरको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

मन्थली एयरपोर्ट नजिकै पौडी खेल्ने क्रममा मध्यान्ह १२ बजेतिर  उनी बेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र पहरी, नेपाली सेना, स्थानीयहरुको सक्रियतामा खोजी गरी उनको उद्दार गरिएको थियो । उनीसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल नै रहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया