काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले स्वास्थ्यकर्मी र स्वयमसेवीकालाई निःशुल्क सिमकार्ड वितरण गरेको छ ।

नगरपालिकाले जुन सुकै नेटवर्कमा फोन गर्न र डाटा चलाउन पैसा नलाग्ने गरी नगरभित्रका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेवीकालाई निःशुल्क सिम कार्ड बाँडेको नगर प्रमुख भिम न्यौपानेले बताए ।

नगरप्रमुख न्यौपानेले कोरोना संक्रमण रोकथामका निमित्त गरिएको बन्दाबन्दीको समयमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेवीकालाई फोन गर्न साथै डाटा चलाउन सहज होस् भन्नका लागि निःशुल्क सिम कार्ड बाँडेको बताए । उनले भने “उहाँहरु २४ सै घण्टा सेवामा खट्नुपर्ने भएकाले नगरले निःशुल्क सिम बाँडेका हौ” नगरप्रमुख न्यौपानेले थप्दै– “नगरले दिएको सिमबाट फोन गर्दा जुनसुकै नेटवर्कमा फोन गरेपनि पैसा लाग्दैन ।”

पनौती नगरपालिकाले पछिल्लो समय फुड बैंक स्थापना गरेर नगर भित्रका विपन्न परिवारहरुलाई खाद्यान्न पितरण गरिरहेको छ । नगरले एक पछि अर्कौ प्रशंसनिय काम गर्दै आएको स्थानियको भनाई छ ।


तपाईको प्रतिक्रिया