मुलुकमा लकडाउन जारी रहेका बेला घरमा बसेका दर्शकका लागि भन्दै गीतकार तारा अधिकारीले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नो नयाँ गीत ‘ए हावा…’को भिडियो युट्युब च्यालन सुनौला ताराबाट सार्वजनिक गरेकी हुन् ।

यो गीतमा दीपक जंगमको संगीत रहेको छ । ताराले लेखेको यो गीतलाई गायक स्वरूपराज आचार्यले गाएका हुन् । गीतका किरण कँडेलको संगीत संयोजन गरेका छन् । यो गीतलाई आफंैले हालै रिलिज गरिएको गीतिसंग्रह सुनौलो तारामा समावेश गरेको गीतकार तारा अधिकारीले बताएकी छन् । उनले सो गीतिसंग्रह गत ५ चैतमा रिलिज गरेकी थिइन् ।

‘लकडाउनका समयमा श्रोतालाई नयाँ स्वाद होस् भन्ने उद्देश्यले मैले यो गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हुँ ।’ यो गीतको भव्य म्युजिक भिडियो नै गर्ने योजना भए पनि लकडाउन लम्बिँदै गएपछि हामीले लिरिकल भिडियोका रूपमा यो गीतलाई ल्याएका हौं,’ गीतकार ताराले भनिन् ।


तपाईको प्रतिक्रिया