रामेछाप र सोलुखुम्बु जिल्लाको बिचबाट बग्ने लिखुखोलामा एमभि (MV) दुगड ग्रुपबाट निर्माणधिन ३ हाइड्रो प्रोजेक्ट करिब १५७ मेघावाटका सन्चालकलाई खुल्ला पत्र ।

श्रीमान सन्चालक ज्यु ,
एमभि (MV) दुगड हाइड्रोपावर परियोजना ।
हाल बिश्व ब्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड – १९) संक्रमणलाइ मध्य नजर गर्दै उक्तक्षेत्रमा सन्चालित मेघा प्रोजेक्ट आयोजना क्षेत्र रामेछापको उमाकुन्ड गा.पा र सोलुखुम्बुको लिखुपिके गा.पा का जनतालाइ यस महामारीमा उक्त कम्पनीले आयोजना क्षेत्र भित्रका जनतालाइ यस बिपतमा हाल सम्म मुलुक करिब दुइ हप्ता भन्दा बडि लक डाउन भइसक्दा पनि आफ्नो निर्माण कार्य चाही तिब्र गतिमा सन्चालन गर्दै आएको तर उक्त क्षेत्रका जनतालाइ खासै कुनै ठोस सहयोग नगरेको हुदा जनतामा ब्यापाक गुनासो रहेको बुझ्नमा आएको छ ।

स्थानिय जनताले समेत हालसम्म प्रोजेक्ट प्रती हौसला पुर्ण सहयोग गरिरहेको जानकारी सबैलाइ सर्बबिदित नै छ । हालसम्म नेपालमा पनि संक्रमणको जोखिम उत्तिकै चुनौतीपूर्ण रहेको छ भने भर्खर मात्र बाहिरबाट आएका सन्क्रमितबाट स्थानियमा सरेको संक्रमण देखिय सङै हामी महामारिको दोश्रो चरणमा प्रबेश गरेका छौ र अब थप सजगता र साबधानी अपनाउनु पर्ने भएको छ तसर्थ म उक्त क्षेत्रमा सन्चालन एक मात्र मेघा प्रोजेक्ट लाइ यस दुखत घडिमा ढिलै भएपनि जनतालाइ हृदय खोलेर सहयोग गर्न र जनताको मन भित्र बस्न र दुःखद घडिमा प्रोजेक्ट जनताको साथ छ भनी प्रमाणित गर्न म अनुरोध गर्दछु र उक्त क्षेत्रका जनतालाइ निम्न उल्लेखित सहयोग गर्न समेत अपिल गर्दछु ।

१. उक्त आयोजना क्षेत्र भित्र का दुइ गा.पा मध्य प्रत्यक्ष प्रभाभित क्षेत्र सोलुखुम्बुको लिखुपिके गा.पाको साबिक गोलि, चौलाखर्क र भकान्जे गा.बि.स र रामेछापको बाम्ती भन्डार र गुम्देल गा.बि.स मा गरि ५ गा.बि.समा कम्तिमा ५०/५० सैयाको सुबिधासम्मन क्वारेन्टाइन निर्माण गर्ने ।
२. उक्त ठाउहरुमा रहेका स्वास्थ्य चौकी अस्पताल हरुमा आवस्यक उपकरण हरु खरिद गरि ब्यबस्थित बनाउन आवस्यक सहयोग गर्ने ।
३. दुबै गा.पा मा दुइ वोटा एम्बुलेन्स (ambulance) खरिद गरि आवश्यक पर्दा थप उपचारको लागी राजधानी सम्म बिरामी ल्याउन सहज बनाइदिने ।
४. लामो समयसम्म लक डाउन हुदा निम्न आय्श्रोत भएका र दैनिक रोजगारी गर्ने जनतालाइ खाद्यान्न लगायतको समस्या पर्न थालेको हुदा सो को उचित ब्यस्था मिलाउने ।
५. उक्त आयोजनामा कार्यरत देशी तथा बिदेशी मजदुरहरु ठुलो संख्या मा रहेको हुदा,सो बाट हुन सक्ने संक्रमणलाइ ध्यानमा राखी बाहिरबाट आउने कामदारलाइ आउन तत्काल बन्द गर्ने र हाल भएका सबैको स्वस्थ्य अवस्थाको दैनिक जानकारी लिइ मात्र कार्य सन्चालन गर्ने गराउने वा जनतालाइ उक्त प्रोजेक्टमा रहेका बिदेशी कामदार बाट संक्रमण जोखिम छैन भन्ने जनतालाइ अनुभुती हुनको लागी हालको लागी निर्माण कार्य बन्द गर्न समेत अनुरोध गर्दछु ।

धन्यवाद
मुनिन्द्र बस्नेत  (युवा नेता)
लिखुपिके गा.पा ३,सोलुखुम्बु


तपाईको प्रतिक्रिया