देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने कुराबारे चासो बढी रहँदा वल्र्ड भिजन इन्टरनेशनल नेपालले नेपाल सरकारलाई १००० पी.पी.ई र १२० इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ ।

पीपीई सेट तथा सरसफाई प्रयोजनका सामग्रीहरु महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङद्धारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्त्रालयका केही कर्मचारीहरुका बीचमा हिजो हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीई लगायत अन्य चिकित्सा प्रयोगका गरी १९ सामग्रीहरु रहेको वल्र्ड भिजन इन्टरनेशनल नेपालको जानकारी छ । उक्त पीपीई सहयोग वल्र्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो तीन महिने कोभिड—१९ प्रतिकार्य योजना अन्तर्गतको कार्यक्रम रहेको जनाएको छ ।

नेपाल सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्नुका साथै कोभिड—१९ प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुलाई सहयोग गरेको बताइएको छ ।


तपाईको प्रतिक्रिया