गुल्मी – गुल्मीमा असिनापानील भर्खरै लगाएको मौसमी र बेमौसमी बालीमा क्षति भएको छ ।

जिल्लाका विभिन्न स्थानमा आएको असिनाले बालीमा क्षति भएको हो । असिनाले मकैसँगै तरकारी सिमी, आलु , धानको बिउलगायतका थुप्रै हिउँदे बाली नष्ट गरेको छ । बाली नष्ट भएपछि चिन्ता बढेको कृषक पुर्णबहादुर महताराले बताए ।

हिउँदे बालीको सुरुआतमै आएको भारी असिनापानीका कारण ठूलो क्षति भएको हो । गएको बिहीबार परेको असिनापानीले केही मात्रै असर गरे पनि आइतबार, सोमबार र मङ्गलबार तीन दिनसम्म गुल्मीमा लगातार असिनापानी परेको थियो ।


तपाईको प्रतिक्रिया