रामेछाप – रामेछापमा बुधबार मिनिबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

बुधबार बिहान ४ बजे काठमाण्डाैबाट मजदुर बोकेर दोलखाका लागि छुटेको बा २ ख ६८१८ नम्बरको मिनिबस ब्रेक फेल भएर मन्थली नगरपालिका ६ कुनौरीमा दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । घाइते १८ जनालाई तामाकोशी अस्पताल मन्थली पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा रहेका ३९ जनामध्ये २१ जनाको अवस्था भने सामान्य छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


तपाईको प्रतिक्रिया