नायिका निरुता सिंह यतिबेला मुम्बईमा छिन् । उनी, करिब ८ बर्षपछि नेपाली चलचित्रमा फर्किइन र केही चलचित्रमा काम पनि गरिन । उनी अभिनित चलचित्र ‘दाल भात तरकारी’ गतबर्ष रिलिज भयो । उनले चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा काम गरिन भने चलचित्र ‘नाई नभन्नु ल ५’मा पनि अतिथी कलाकारको रुपमा काम गरिन ।

नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका निरुता सिंहको क्रेज लोभलाग्दो थियो । निरुतालाई लिएर चलचित्र बनाउन निर्माताले लामो समय पर्खिन्थे । निरुतालाई अहिले पनि रुचाउने दर्शकको संख्या कम छैन । लकडाउनको समयमा घरमै रहेकी निरुतालाई नेपाली चलचित्रको यादले खुबै सताएको बुझ्न सकिन्छ ।

उनले, आफ्नै नाममा युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । निरुताको युट्युब च्यानलमा उनले विगतमा काम गरेका चलचित्रको छायांकनका विभिन्न दृश्यहरु हेर्न सकिन्छ । छायांकनको समयका पर्दा पछाडिका दृश्य समावेश गर्दै निरुताले दर्शकलाई आफूसँग जोड्ने प्रयास गरेकी छिन् । साथै, निरुताले घरमै रहन र सुरक्षित रहन पनि अपिल गरिरहेकी छिन् ।


तपाईको प्रतिक्रिया