यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड– १९) को महामारीको प्रभावमा परेको छ । जसका कारण विश्वका ठूलो खेल प्रतियोगिता लगभग सबै स्थगित भएका छन् । खेलाडी पनि घरभित्रै बस्न बाध्य बनेका छन् । यस वर्ष अस्ट्रेलियामा हुने टी–२० वल्र्ड कपलाई कोरोना भाइरसको महामारीले असर गर्ने भएको छ । प्रतियोगिता १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म हुने तय भएको थियो । तर, कोरोना भाइरसको महामारीको यो विषम परिस्थितिमा इन्टरनेसनल क्रिकेट काउसिन्सल (आईसीसी) हतारमा कुनै निर्णय गर्ने पक्षमा देखिँदैन । आईसीसीले अगस्टसम्ममा कुनै निर्णय गर्ने अनुमान गरिएको छ । परिस्थिति तत्काल सुधार नआएको खण्डमा वल्र्डकप एक वर्ष पर धकेलिन सक्ने सम्भावना देखिन थालेको छ । साथै दर्शकबिना प्रतियोगिता गराउन सकिने विषयमा समेत बहस भइरहेको भए पनि आईसीसीले कुनै निर्णय गरेको छैन ।

मिडिया रिपोटका अनुसार कोरोना भाइरसको संकटका कारण क्रिकेट अस्ट्रेलिया (सीए)को आर्थिक अवस्था नाजुक हुन पुगेको छ । वल्र्ड कपभन्दा पहिले अस्ट्रेलिया–इंग्ल्यान्डबीच एक महŒवपूर्ण सिरिज तय भएको छ । त्यसैगरी प्रतियोगिताको ठीक अघि भारतीय टिमले अस्ट्रेलिया भ्रमण गरेर टी–२० सिरिज खेल्ने तालिका रहेको छ । वल्र्ड कपपछि भारतले आयोजक टिमसँग ५ टेस्ट म्याच र ३ वान डे सिरिज खेल्ने तय भएको थियो ।

आईसीसीको निर्णय अघि कुनै अनुमान गर्न सकिँदैन
एक अंग्रेजी पत्रिकारले विश्वसनीय सूत्रको हवाला दिँदै लेखेको छ, ‘आईसीसीले अगस्टको अन्तिमतिर मात्र वल्र्डकपका विषयमा निर्णय गर्नेछ । वर्तमान समयमा कुनै पनि चिज स्पष्ट नदेखिएको बताइएको छ । आईसीसीका लागि मानिसको स्वास्थ्य पहिलो प्राथमिकतामा रहेको बताएको छ । आईसीसीले टी–२० वल्र्डकप स्थिगित हुने विषयमा भने अहिले नै अनुमान गर्नु हतार हुने बताइएको छ । छोटो समयमा नै अवस्था नाजुक बनेका कारण आईसीसीले अहिले विश्वकपलाई लिएर कुनै निर्णय गर्न नसकेको सो पत्रिकारले उल्लेख गरेको छ ।

योजनाअनुसार नै वल्र्डकप तोकिएको समयमा सफलतापूर्वक हुन्छ भन्ने विषयमा पनि छलफल भइरहेको उल्लेख गरिएको छ । आईसीसीको स्थानीय समितिले अस्ट्रेलियामा आफ्नो तयारी गरिरहेको बताइएको छ । परिस्थिति ठिक रहेको खण्डमा भने सबै राम्रोसँग सञ्चालन हुने बताइएको छ । यो विषम परिस्थितिमा हाम्रो प्राथमिकता खेलाडी, कोच, अन्य कर्मचारी, पदाधिकारी, समर्थक र क्रिकेट समुदायलाई सुरक्षा राख्नु हो । वल्र्ड कपका लागि जुन तयारी भइरहेको छ । सबैको सुरक्षालाई ध्यानमा राखेर भइरहेको छ । दर्शकबिना विश्वकप खेलाउन सकिन्छ कि भनेर समेत अध्ययन भइरहेको छ ।

सन् २०१६ को वल्र्ड कप वेस्टइन्डिजले फाइलनमा इंग्ल्यान्डलाई ४ विकेटले हराएर दोस्रोपटक उपाधि जितेको थियो । प्रत्येक दुई वर्षभित्र हुनुपर्ने यो प्रतियोगिता सन् २०१८ को सिजनलाई आईसीसीले धकेलिदियो । सन् २०१७ मा आईसीसीले भन्यो, यो सिजनका देशबीच सिरिज खेलाइनेछ । टाइमिङको समस्यालाई लिएर प्रतियोगिता २०२० का लागि सारिएको थियो । टी–२० विश्वकप २००७ बाट सुरु भएको हो । सन् २०११ को सिजन भने वन डे वल्ड कपका कारण एक वर्षअघि नै खेलाइएको थियो ।


तपाईको प्रतिक्रिया