विश्वभर फैलिइरहेको कोरोना भाइरसको उच्च सर्तकता अपनाउँदै सरकारले अहिले देश नै लक डाउन गरेको अवस्था छ । नेपाल सरकारले मुलुक लकडाउन गरेर कोही कसैलाई पनि घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोनाको त्रासले जनमानिसको मस्तिष्कमा प्रभाव पार्न सक्छ । यो समयमा हामीले हाम्रो मनस्थिती र आत्मबल बलियो बनाउनको लागि घरमै बसेर श्रृजनात्मक काम गर्न सक्छौँ ।

कामकाजी मानिसलाई घरमा बस्दा बस्दा दिक्क लाग्न सक्छ । यो समयमा सीपमूलक, उपलब्धिमूलक काम गरेर समयमको सदुपयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्दि«य महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्यय सुझाउँछिन् । हातमा सीप हुनेहरुलाई यो क्क्‘भोलि संकटको समय समाप्त भएपछि बजारमा सामान बिक्री र आम्दानी गर्न सक्नेछौँ ।

त्यसकारण पनि यो समयमा केही न केही काम भने गरौँ ।’ आफूसँग केही सीप नभएमा अहिले इन्टरनेटबाट पनि सिक्न सकिने उनले बताइन । उनका अनुसार हामी अहिले २१ औँ शताब्दीमा रहेकाले आफूले चाहेको सीप इन्टरनेटको माध्यमबाट सजिलै सिक्न सक्ने वातावरण रहेको छ । काम गर्ने इच्छाशक्ति भएमा आफूले सिक्ने चाहेको जस्तो सुकै काम पनि गर्न सकिने उनले बताइन् ।
घरमै बसेर गर्न सकिने सीपमूलक कामहरु

उनका अनुसार घरमै बसेर पनि हामीले गर्न सकिने सीपमूलक तथा उपलब्धीमूलक कामहरुः

  1. सिलाई कटाइको काम
  2. ऊनको काम जस्तै : टोपी, पन्जा, स्वीटर, मोजा लगायत बनाउने
  3. पूजाका सामाग्री जस्तै : धूप–बत्ती, मैनबत्ती, ढकी बनाउन सकिन्छ
  4. उपाहारका सामाग्री पनि घरमै बसेर बनाउन सकिन्छ । जस्तै खेलौनामा डल, सजावटमा फूल, गमला, सो केसहरु तयार गर्न सकिन्छ ।
  5.  मिष्ठान्न परिकारहरु पनि बनाउन सकिन्छ

फोहोरबाटै मोहोर
घरमा फोहोरको रुपमा राखिएका कागज, पत्रपत्रिका, कार्टुन–बाकस, सिसि, बेतल, बोरा लगायतका सामाग्रीको सदुपयोग गर्दै हामीले सर–सजावटका सामाग्रीमा (फूल, गमला, ढकी, खेलौना) जस्ता सामान बनाउन सक्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्दि«य महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्ययले बताइन् ।

उनका अनुसार यति मात्र नभएर हाम्रा घरमा खेरमा गएका कपडालाई खेलौना र आकर्षक उपाहारका सामाग्री पनि बनाउन सकिन्छ । काम नलाग्ने भनेर फालिएका पोते र धागोको प्रयोग गरेर गरगहना पनि बनाउन सकिने उनले बताइन् । ‘काम नलाग्ने सामान भन्ने बित्तिकै हामीले त्यसलाई फोहोरको रुपमा लिन्छौँ,’ उनले भनिन्, ‘हामीले घरबाटै निस्कने फोहोरको व्यवस्थापन गर्दै आम्दानीका श्रोत जुटाउन सक्छौँ । तर हामीले सामान चिन्न भने सक्नुपर्छ । यसैले हामीलाई रोजागरी पनि दिन्छ ।’ यी सामानहरुलाई सदुपयोग गर्दा हामीले आफ्नो स्वास्थ्यको ख्याल गनुपर्नेमा उनले सुझाइन् ।

घरमा बसेर आफूले कुनै पनि काम गर्दा होस् या सीप सिक्दा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिनुपर्नेमा उनको जोड थियो । ‘कामसँगै स्वास्थ्यप्रति उच्च सर्तकता अपनाउन एकदमै जरुरी छ,’ रोशनीले भनिन्, ‘ यो समयमा हामी सबै परिवारको साथैमा हुन्छौँ । परिवारको पनि स्वास्थ्यको खाल राख्दै काममा परिवारको पनि साथ लिन सक्नुहुनेछ । सबै साथमा काम गर्दा रमाइलो पनि हुन्छ । काम पनि चाँडै सकिन्छ र समयको पनि सदुपयोग हुन्छ ।’


तपाईको प्रतिक्रिया