प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन र केहीको सरूवा गरेको छ ।

सोमबार गरिएको १० पदस्थापनमध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।

यसरी जिम्मेवारी पाउनेमा प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन् ।

त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन् ।

यसैगरी, सिआइबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ। थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए।

विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ। प्रदेश २ को डिआइजीमा प्रद्युम्न कार्की थिए। त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ ।

प्रहरी तालिम केन्द्रमा प्रकाशजंग कार्कीलाई  र अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ ।


तपाईको प्रतिक्रिया