रियल म्याड्रिडका ब्राजिलियन खेलाडी मार्सेलोले कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने मौका पाएका छन् ।

पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केही महिनायता लगातार चोटको सिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि फुटबल स्थगित भएको छ । जिदानले क्लब छोडेपछि टोलीमा स्थान बनाउन संघर्षरत मार्सेलो जिदान फर्किए पनि टोलीमा नियमित स्थान बनाउन भने असफल रहेका छन् ।

फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डी उनको स्थानमा रहेका छन् । सन् २०२२ सम्म रियल म्याड्रिडमा सम्झौता रहेको भए पनि कोरोनाका कारण उनलाई यो मौका प्राप्त भएको हो । मार्सेलोलाई अनुबन्ध गर्न इटालियन क्लब युभेन्ट्सले पनि प्रयास गरेको छ । तर, मार्सेलो रियलको पहिलो टोलीमा स्थान बनाउन सके स्पेनमै रहन चाहन्छन् ।

त्यसो त अर्को सिजन मार्सेलोले मेन्डीसँगै अर्का खेलाडी सर्जियो रेगुलिओनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सर्जियो हाल लोनमा सेभिल्ला पुगेका छन् र उनले त्यहाँ राम्रो प्रदर्शन गरिरहेका छन् । लोनमै डर्टमुन्ड पुगेका अक्रफ हाकिमी पनि लेट ब्याक भूमिका निर्वाह गर्न सक्छन् र रियलले उनलाई क्लबमा नै राख्ने प्रबल सम्भावना छ ।


तपाईको प्रतिक्रिया