काभ्रे (महादेवस्थान) – घरेलु मदिराको कारणले टोल छिमेकमा झैझगडा तथा लकडाउनमा रक्सी खान भिडभाड हुन थालेपछि काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष झलकप्रसाद पौडेलले घरेलु मदिरा नष्ट गर्ने अभियाननै संचालन गर्नुभएको छ ।

आफ्नो वडामा लकडाउनको समयमा घरेलु मदिराको कारणले धेरै समस्या हुन थालेपछि उहाँले रक्सी बनाउने ठाउँमै पुगेर रक्सी नष्ट गर्ने अभियान संचालन गर्नुभएको समुदायमा घरेलु मदिराको कारणले समस्या आउन थालेपछि उहाँले प्रहरीचौकी हिगुवापाटीसँग समन्वय गरेर यतीबेला घरेलु मदिरा उत्पादनहुने ठाउँठाउँमा पुगेर मदिरा नष्ट गर्ने अभियानमा सकृयता देखाउनु भएको हो ।

एक सातादेखि ठाउँको पहिचान गरेर अहिले प्रहरीसँग समन्वय गरेर मदिरा नष्ट गर्ने अभियान संचालन गरेको वडाअध्यक्ष पौडेलले बताउनुभयो । उहाँले मण्डनदेउपुर नगरपालिका वडा नं ८ महादेवस्थान डाँडाँगाउ क्षेत्रवाट मदिरा नष्ट गर्ने अभियान संचालन गर्नुभएको हो । दनुवार र दलित समुदायको बाहुल्यता रहेको र रक्सी उहाँले धार्मिक कार्यमा प्रयोग गर्ने भएकाले केही छुट दिएपनि यो समयमा समेत यसले विकृती पैदा गरेपछि मदिरा नष्ट गरेको वडाअध्यक्ष पौडेलले बताउनुभयो ।

प्रहरीचौकी हिगुवापाटीका प्रहरी सहायक निरीक्षक अखिल खड्का, प्रहरी जवान रामदास राना र स्थानीय समाजसेवी तथा नेकपा मण्डनदेउपुका युवा नेता सरोज पौडेलको अग्रसरतामा घरेलु मदिरा नष्ट भएको हो । प्रहरी चौकी हिगुवापाटीमा नयाँ प्रमुख आएसँगै उनले विविध कार्यहरु समेत सुरु गरेका छन् । घरेलु मदिरा नष्ट गर्ने लकडाउन प्रभावकारी बनाउने कार्य आगामी दिनमा समेत गरिने असइ अखिल खड्काले बताए ।

वडाअध्यक्ष पौडेलले लकडाउनको समयमा समेत जेष्ठ नागरिकहरुलाई घरमै पुगेर भत्ता वितरण, वडा वडामा औषधि वितरणको कार्यहरु गरिरहेका छन् । पौडेल सोही वडाको डेडिथुम्का माविको पूर्व प्रअ समेत हुन् । उनले निरन्तर जममुखी काम गरेर जनताको मन जितेका छन् ।


तपाईको प्रतिक्रिया