लकडाउनका कारण कलाकारहरु घरमै छन् । काम सबै ठप्प भएपछि कलाकारहरुले सामाजिक संजालको माध्यमबाट जनतालाई सचेत बनाउने काम मात्र गरेका छैनन्, सरकारलाई पनि खबरदारी गरिरहेका छन् ।

अभिनेता नाजिर हुसेनका पोष्टहरुमा पनि सरकारलाई खबरदारी गरिएको देख्न सकिन्छ । लकडाउन भएका कारण पनि अहिले जनताहरु हिडेरै आफनो घरसम्म पुगिरहेका छन् । तर, कतिपय ठाउँमा घर जाँदै गरेका नागरिकले सास्ती भोग्नु परेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् ।

नायक हुसेनले प्लेकार्ड बोक्दै लेखेका छन्–‘सत्ता तपाइसँगै छ, शक्ति तपाइसँगै छ । अनी लौरो पनि तपाइसँगै छ ।’ नाजिरले सत्तामा बसेर यसको दुरुपोग नगर्न सरकारलाई अपिल गरेको बुझ्न सकिन्छ । सत्ता र शक्ति जनताका लागि प्रयोग गर्न उनले सरकारलाई अपिल गर्न खोजेका छन् ।

नाजिरले केही दिन अगाडि प्लेकार्डमा ‘कि खाना देउ, कि जान देउ’ लेखेको देखाउँदै तस्वीर खिचेका थिए ।


तपाईको प्रतिक्रिया