बलिउडका भेट्रान अभिनेता अमिताभ बच्चनका धेरै शुभचिन्तक छन् । अभिनय तथा व्यक्तित्वका कारण पनि अमिताभलाई धेरैले रुचाउँछन् । हालै अमिताभलाई सामाजिक संजालमा एक शुभचिन्तकले प्रश्न गरेका छन् । जसमा अमिताभले दिएको उत्तर रमाइलो छ ।

हालै अमिताभले इन्स्टाग्राममा एक पोष्ट गरे । जहाँ आफूले ब्लग लेख्न सुरु गरेको १२ वर्ष बितेको भन्दै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिए । सोही पोष्टमा शुभचिन्तकले कमेन्ट गर्दै प्रश्न सोधे, ‘सर, तपाई कहिल्यै प्रधानमन्त्री बन्न चाहानुभयो भने ?’

उक्त प्रश्नमा रिप्लाई गर्दै अमिताभले लेखेका छन्, ‘अरे यार, बिहान बिहानै शुभ शुभ बोल ।’ केही वर्ष पहिला अमिताभले राजनीति सुरु गरेका थिए । तर, अहिले अमिताभलाई राजनीतिमा खासै रुचि नभएको यस उत्तरबाट पनि पत्तो पाउन सकिन्छ ।


तपाईको प्रतिक्रिया