तेह्रथुम – छथर गाउँपालिका २ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् ।

घरबाट एक घण्टा टाढाको दुरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएका शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताउनुभयो ।

धनकुटाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङमा रहेको मावली घरमा बस्दै आएकी थिइन् । डुबेर बेपत्ता भएका दुवैको खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको छ ।


तपाईको प्रतिक्रिया