काठमाण्डौ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप ३० दिनका लागि बन्द रहने बताएका छन् । यो अवधिमा कुनै पनि अनावश्यक यात्रा पनि बन्द रहने छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहँदा दुवै देशबीच यसअघि नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइएको थियो र यो प्रतिबन्ध आउँदो मङ्गलबार सकिँदै थियो । सिमानाका दुवैतर्फका नागरिकको सुरक्षाको लागि यो कदम उठाउनु अत्यन्तै रहेको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताएका छन् ।

पछिल्लाे समय अमेरिका काेराेना भाइरस महामारीकाे इपिसेन्टर बनेकाे छ । भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा मात्रै सात लाख ३८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ३९ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।

क्यानडामा ३३ हजारभन्दा धेरै सङ्क्रमित हुँदा एक हजार चार सयभन्दा धेरैकाे ज्यान गएकाे छ ।


तपाईको प्रतिक्रिया