काठमाडौं – थप एकजनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

शुक्रबार मात्र एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तीनजना डिस्चार्ज भएका छन् । २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार दुईजना कोरोना निको भएर डिस्चार्ज भएका हुन् भने माघमै एकजना निको भएर डिस्चार्ज भएका थिए ।


तपाईको प्रतिक्रिया