काभ्रे (धुलिखेल) – जिल्ला प्रशासन कार्यालय काभ्रेले लकडाउनलाई कडाई गरेको जनाएपनि अटेर गरेर सवारी चलाउन अझै घटेका छैनन । प्रहरीले दैनिक लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिएर छाड्दै गएको भएपनि अटेर गर्ने भने दिनप्रतिदिन रहिनै रहेका छन ।

आज मात्र १९ सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार पौड्ेलले जानकारी दिए । उनका अनुसार १३ वटा मोटरसाइकल र ५ वटा स्कुटर सहित १९ वटालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकालाई कारवाही गरेर छाडिएको एसपी पौडेलले जानकारी दिए । कोरोना सक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले पदैल यात्रुलाई आवत जावत गर्ने समेत रोक लगाएको छ । काभ्रे जिल्लामा भने प्रहरीको राम्रो सकृय देख्न सकिन्छ ।


तपाईको प्रतिक्रिया