भक्तपुर – भक्तपुरमा भएको कोरोना संक्रमणको नमुना परीक्षणमा २ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

भक्तपुरको अस्पतालमा भएको नमुना संकलनमा विदेशबाट आएका २ सय ६६ सहित २ सय ७० जनाको नमुना संकलन गरिएकोमा चार जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले एक जनाको आइसोलेसनमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य कार्यालय भक्तपुरले गरेको अनुगमनमा लोकन्थलीमा सञ्चालित समिट अस्पतालबाहेक अरु सबै अस्पतालको अवस्था सन्तोषजनक रहेको पाइएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया