काभ्रे (धुलिखेल) – जिल्लाको काभ्रेको आरडिटी पोजेटिभ देखिएका दुई युवाको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

आरडीटी किटमा पोजेटिभ देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि हिजो धुलिखेल अस्पताल भर्ना गरिएको थियो । बेथानचोक गाउँपालिका वडा न ५ र मण्डनदेउपुर नगरपालिका वडा न ३ का युवामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो । उनीहरु भारत र दुवईबाट फर्किका थिए ।

बुधबार धुलिखेल अस्पतालमा १११ जनाको स्वाव परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको झाले बताए । शुक्रराज ट्रपिकल अस्पतालबाट आएका १०६ र धुलिखेल अस्पतालका पाँच जनाको स्वाव परीक्षण गरिएको् थियो । काभ्रेमा अहिले सम्म २६३ जनाको आरडीटी परीक्षण भइसकेको र सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया