बिनिता खड्का / ​​बाँके – शेखराईस मिलले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन युथ टुडेका पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको छ।

लकडाउनको समयमा समेत समाचार संकलनमा चौतर्फी पुग्ने पत्रकारहरुका लागि एन ९५ मास्क, सर्जिकल ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको शेखराईस मिलका संचालक मुबारक शेखले जानकारी दिनु भयो।​​शेखका अनुसार समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि सचेत रहन ७ जनालाई सामान प्रदान गरिएको बताए।

यूथ टुडे का कार्यकारी सम्पादक मोबिनुद्दिन सिद्दिकीले ति सामग्री शेखराइस मिलबाट प्राप्त भएको बताउनुभयो । उहाँले अति आवश्यक सामाग्री वितरण गरेर राम्रो काम गरेको बताए । युथ टुडे मा ५ जना महिला पत्रकार सहित १० जना पत्रकारहरु काम गरिरहनु भएको छ ।

परिस्थिति अनुरुप सचेत र सतर्क रहेर काम गर्न सुझाव दिँदै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४का अध्यक्ष मोहम्मद सफिक बेहनाले भने, ‘सकभर घर भित्रैबाट सुरक्षित रुपमा फोन र इन्टरनेटबाट समाचार संकलन गर्ने प्रयास गरौँ । यतिबेला आफू पनि सुरक्षित रहेर काम गर्नुपर्ने अवस्था छ। तथापी आवश्यक सहयोगका लागि उपमहानगरपालिका पक्षमा रहेको धारणा राख्नु भएको थियो।’


तपाईको प्रतिक्रिया