सर्लाही – सर्लाहीका विभिन्न क्वरेन्टीनमा  बसेका ५२ जनाको कोरोनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।

हरिपुर नगरपलिकाको फरहथवाको क्वरेन्टीनमा बसेका २ जना र चन्द्रनगर गाउँपालिकाको क्वरेन्टीनमा बसेका ५० जना गरी ५२ जनाको रिपोर्ट नेगेटिभ आएको हो। प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले क्वरेन्टीनमा बसेका उनीहरु ५२ जनाको  सोमबार र मंगलबार र्‍यापिड टेस्ट गरिएको जानकारी दिनुभयो ।

क्वरेन्टीनमा बसेका बाँकी ३८ जनाको पनि क्रमश: परीक्षण गर्दै जाने प्रजिअ जीसीले जानकारी दिनुभयो । विदेशबाट आएका र कोभिड-१९ संक्रमणको शंका लागेकालाई राख्न जिल्लाका २० पालिकाले ३७ ठाउँमा ३८३ शय्या क्षमताको क्वरेन्टीन बनाएका छन्।

क्वरेन्टीनमा अहिले भारत र अन्य देशबाट फर्किएका ९१ जना नागरिक बसिरहेका छन् । क्वरेन्टीन बस्ने धेरैजसो चोर बाटो प्रयोग गरी भारतबाट नेपाल फर्किएकाहरु रहेका छन् ।


तपाईको प्रतिक्रिया