काभ्रे (बनेपा) – कोरोना भाइरसका सक्रमित बढ्दै गएसँगै जिल्ला तथा स्थानीय तहले कडा गरिदिएपछि उपत्यका छाडेर गाउँ जान हिडेका यात्रुहरु अलपत्र परेका छन ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना प्रकाशित गरी अतिआवश्यक काम बाहेकका यात्रुलाई समेत आवत जावत गर्न रोक लगाएपछि जिल्ला प्रवेश गर्ने मुख्य नाका साँगामा यात्रुहरु अलपत्र परेका हुन ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर, ललितपुर र काठमाडौँले निर्वाद पैदल यात्रुलाई हिड्न दिएपछि काभ्रेको साँगामा अलपत्र परेका छन । काठमाडौंको थानकोटामा बस्दै आउनुभएका कर्णबहादुर विक साँगामा रोकिनुभएको छ, उहाँले घर जान नपाउनुको पीडा पोख्दै भन्नुभयो ।

त्यस्तै बेलुका १० बजे नै ललितपुरको ग्वाखुबाट उदयपुर जिल्लाको कटारी नगरपालिका हिड्नुभएको सन्जिता विकलाई साँगामा रोकिएपछि तनाव भएको छ । घरभेटीले नै घर जाउँ अब भनेर हामीलाई पठायो अब घर पनि जान पाईदैन होला कसरी पो जाने हो ।

तर इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगन्द्र तिमिल्सिना प्रशासनको आदेशपछि आफुहरुले पदैल यात्रुलाई समेत रोक्नुपर्ने बाध्यतामा रहेको बताउनुहुन्छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाटै आउन नदिएको भए हामीलाई पनि उहाँहरुलाई पनि तनाव हुँदैनथ्यो ।


तपाईको प्रतिक्रिया