काठमाण्डाै – ताइवानमा मङ्गलबार ३६ दिनपछि पहिलाे पटक कसैमा पनि काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण नदेखिएकाे अधिकारीहरुले जनाएका छन् । यसले काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि ताइवानकाे सुरुवाती प्रयास प्रभावकारी भएकाे देखिन्छ ।

झण्डै दुई कराेड तीस लाख जनसङ्ख्या रहेकाे ताइवानमा अहिलेसम्म तीन सय ९३ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ भने ६ जनाको ज्यान गएको छ ।

‘गएकाे मार्च ९ देखि पहिलाे पटक नयाँ सङ्क्रमण देखिएकाे छैन म खुसी छु । तर अझै पनि महामारी नराेकिएकाे हुँदा हामीले निरन्तर प्रयास गरिरहनु नै पर्छ तर सङ्क्रमण नदेखिनु खुसीकाे कुरा हाे’, स्वास्थ्य मन्त्री चेन शीह चुङले भने ।

ताइवनले तत्काल सङ्क्रमित पत्ता लगाउन, उनीहरुलाई आइसाेलेशनमा राख्न र उनीहरुकाे सम्पर्कमा रहेकालाई सम्पर्कमा ल्याउन सझम भयाे । एसियाकै अरु देश काेराेनाकाे सङ्कटतर्फ धकेलिँदै गर्दा ताइवान भने केही सफल भएकाे छ । ताइवानकाे राजधानी ताइपेईकाे चर्चित ग्राण्ड हाेटलले पनि ‘जेराे’ लेखेर खुसी मनाएकाे छ ।


तपाईको प्रतिक्रिया