काभ्रे (ढुङखर्क) – जिल्लाको बेथानचोक गाउँपालिकामा वडा न ५ का २२ बर्षीय युवामा कोरोनाको लक्षण देखिएपछि पालिकाले गाउँ प्रवेशमा रोक लगाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाद्धारा हस्ताक्षरित सूचनामा अनावश्यक आवात–जावत बन्द गर्न, पाहुना बस्न र पाहुना हुन आउन पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ ।

गाउँपालिकाले बाहिरबाट आउने माछामासु, फलपूmल एवम् तरकारीजन्य बस्तुहरु आयात गरी ल्याउन बन्द गर्ने, कोभिड १९ पुर्णरुपमा नियन्त्रणमा नआउँदा सम्म यस गाउँपालिकाभित्र रहेका स्थानीय मठमन्दिर, धार्मिक स्थल, एवम् पर्यटकीय स्थल तर्फ जाने आउने बाटो पूर्णरुपमा बन्द गर्ने उल्लेख छ ।

त्यस्तै गाउँपालिकाभित्र अत्यावश्यक अवस्था बाहेक एक वडाबाट अर्को वडामा समेत जाने आउने क्रम बन्द गर्ने, स्थानीय खाद्य पसलहरुमा अत्यावश्यक खाद्य सामग्री बिहान ७ बजे देखी ९ र दिउँसो २ देखी ४ बजे सम्म मात्र खोल्न निर्देशन दिइएको छ ।


तपाईको प्रतिक्रिया