धादिङ – धादिङमा एक व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको छ ।

ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किएका ब्यक्तिमा कोरोना देखिएको हो । कोरोना देखिएका ब्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनलाइ जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावालाइ थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका ब्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् । र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ ।


तपाईको प्रतिक्रिया