काभ्रे (धुलिखेल) – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको लकडाउनको म्याद थप गरेर वैशाख १५ गते सम्मको लागि लकडाउन गरिएको छ । यता जिल्लामा सोही कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सुरक्षामा अझै कडा गर्ने बताएको छ ।

सरकारले पटक पटक लकडाउनको अवधी बढाए पछि अलपत्र परेका मजदुरहरु पैदल मार्फत नै इटहरी, जनकपुर, सप्तरी, ओखलढुङ्गा सिराहा, लगायतका गन्तब्यमा जिल्ला हुदैँ पुग्नेको क्रम बढ्दै गएको छ । यसले जिल्लामा जोखिम पु¥याउने आशंकाले गर्दा आजकै मितिबाट छिमेकी जिल्लाबाट पैदल हिँडी जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए ।

उनका अनुसार जिल्लाभित्र अनावश्यक रुपमा हिँडडुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिइने छ । यसका साथै अत्यावश्यक सेवा बाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्णमा रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।


तपाईको प्रतिक्रिया