काभ्रे (भकुण्डे) – जिल्लाको नमोबुद्ध नगरपालिकामा चैत्र महिनामा वैदेशिक रोजगारमा २५ जनामध्ये १३ जनाका कोरोना भाइरस (कोभिड १९) संक्रमणबारे द्रुत परीक्षण (¥यापिड टेष्ट) गरिएको छ ।

चैत्र महिनामा २५ जना वैदेशिक रोजगारीबाट फर्किएको आकडा अनुसार नमोबुद्ध नगरपालिकाले १३ जनाको टेष्ट गरिएकोमा कसैलाई कोरोना नदेखिएको हो ।

प्रदेश सभाका सांसद चन्द्र लामाले मंगलबार गरिएको टेष्टमा सबैको नेगेटिभ आएको बताउनुभयो । उहाँले बुधबार बाँकी १२ जनाको परीक्षण गर्ने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया