काभ्रे (धुलिखेल) – जिल्लामा विभिन्न देशबाट आएकाहरुको र्या्पिड डाइग्नोष्टिक टेष्ट भएकोमा आज सम्म ९० जनाको परिक्षण भएको छ । जिल्ला प्रशासन कार्यलय काभ्रेका अनुसार हिजो १६ र आज ७४ जनाको कोरोना भाईरस परिक्षण गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

काभ्रे जिल्लामा हिजो (आईतबार) देखि विभिन्न देशबाट नेपाल फर्किएकाहरुको र्या्पिड डाइग्नोष्टिक टेष्ट सुरु गरिएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फागुन ३० गतेदेखि यता जिल्लामा २५१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् ।

उनिहरु अहिले होमक्वारेन्टाईनमा बसिरहेको र सबैको परिक्षण हुने स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई र्या्पिड डाइग्नोष्टिक टेष्ट का लागि ३ सय थान किट उपलब्ध गराएको छ ।

यसैबिच कार्यलयका अनुसार शुक्रराज ट्रपकिल अस्पताल टेकुबाट स्वाव परिक्षणका लागि धुलिखेल अस्पताल पठाईएको २ सय १ स्वाब मध्ये ४८ वटा स्वाबको परिक्षण कार्य भईरहेको र रिपोर्ट आउन बाँकि रहेको जनाएको छ ।


तपाईको प्रतिक्रिया