काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) काे महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।

नेपाली नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै उहाँले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो ।

उहाँले यो रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया