दाङ – जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनको अवज्ञा गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले लकडाउनकाे अवज्ञा गर्ने चार जनाविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जनाएको छ । सम्झाउँदा पनि नटेरेपछि मुद्दा दर्ता गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।

मुद्दा दर्ता हुनेमा शान्तिनगर गाउँपालिका २ का २३ वर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका ६ का १९ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर १० का २५ वर्षीय कुमार बस्नेत र ३२ वर्षीय रनदिप न्यौपाने रहेको प्रहरीले  जनाएको छ ।


तपाईको प्रतिक्रिया