काठमाडौं – थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका उनीहरु तिनैजना भारतीय नागरिक हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडामा उनीहरुको रिर्पोट अस्पष्ट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।

३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या १२ पुगेको छ ।


तपाईको प्रतिक्रिया