काभ्रे (बेथानचोक) – सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेथानचाेक शाखाले बेथानचाेक गाउपालिकाकाे कोभिड -१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ ।

विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकार लगायतले गरेको लकडाउनलाई लक्षित गरेर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेथानचाेक शाखाले बेथानचाेक गाउपालिकाकाे कोभिड -१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तीस हजारकाे चेक हस्तान्तरण गरिएकाे हाे ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले स्थानीय तहका प्रमुख एवं अध्यक्ष प्रेम बहादुर तिमल्सिनालाई तीस हजारकाे चेक हस्तान्तरण गर्नुभएकाे हाे । चेक हस्तान्तरण कार्यक्रममा साकाेसका सचिव मुकुन्द शर्मा, लेखा संयाेजक हरिप्रसाद तिमल्सिना, संचालक सदस्य सुकमान तामाङ, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयाेजक चेतनाथ तिमल्सिना, सदस्य हरि तिमल्सिना र बेथानचाेक शाखा प्रमुख रामकृष्ण तिमल्सिना लगाएतकाे उपस्थिति रहेकाे थियाे ।


तपाईको प्रतिक्रिया