विश्व व्रम्हाण्ड नै अहिले (काेभिट-१९) काराेना भाईरसका कारण अाक्रान्त वनिरहेकाे छ । विभिन्न संचार माध्यम र सराेकार एजेन्सिहरू जनाय अनुसार कोरोना भाइरस संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १९७ जनाको कोरोनाबाट ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा कोरोनाका संक्रमित छन् । अमेरिकामा संक्रमितको संख्या चार लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । १६ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ५६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ४ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या एक लाख ५३ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या एक लाख ४३ हजार पुगेको छ ।

फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४१ सय नाघ्दा चीनमा यो संख्या तीन हजार ३३६ छ ।जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा २५२३, नेदरल्याण्डस्मा करिब २४ सय छ । भारतमा २२६ जनाको मृत्यु हुँदा ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् । अवका दिन विश्वासका मानिसलाई केही समय असहज हुने प्रष्ट देखिन्छ ।विश्वकै श्रम वजार र त्यसकाे क्षेत्रमा पक्कै पनि नराम्रो असर गर्छ नै ।त्यसमा पनि विश्वकाे सवैभन्दा ठुलाे व्यवसाय पर्यटन व्यवसायलाई त्यसले धक्का पर्ने देखिन्छ ।

हाल लकडाउनका कारण नेपालमा मात्र नभयर धेरै देशहरूमा पर्यटन क्षेत्रकाे शुन्य गतिविधि देखिन्छ । पर्यटन व्यवसायभित्रका एयरलाइन्स ,हाेटल तथा रेष्टुरां,ट्रेकिङ तथा ट्राभल एजेन्सि ,हाेमस्टे लगायत क्षेत्रका व्यवसायिलाई नराम्ररी प्रभाव परेकाे छ ।जसकाे कारण हजरौंकाे संख्यामा प्रत्यक्ष श्रमिक र त्यसमा अाश्रीत वर्गलाई र हाेटल लगायतकाे व्यवसायमा प्रयाेग हुने कृषि,पशुपक्षिं व्यवसाय लगायत अन्य विभिन्न अप्रत्यक्ष व्यवसायलाई पनि यसले लामै समय समस्यामा पार्ने देखिन्छ ।नेपालका प्रमुख पर्यटकिय गन्तव्यहरू र त्यस स्थानका हाेटल व्यवसायहरू धुलिखेल, नगरकाेट, पाेखरा, सौराहा, लुम्बिनी, वर्दिया लगायतका प्रमुख स्थलहरू पुर्णरूपमा ठप्प छन त्यस्तै हाेमस्टेका प्रख्यात स्थानहरू सिरूवारि, घलेगाऊं, पिपरहर, सिकलेस, ग्रावल भ्यालि, अमलटारि, श्रीअन्तु ईलाम लगायतका देशैभरिका निजि तथा सामुदायिक हाेमस्टेहरू पुर्णरूपमै ठप्प छन ।नेपाल सरकारले लागू गरेको भिजिट नेपाल २०२० लाई मध्येनजर गरि धेरै नयाँ हाेटल,हाेमस्टे र पराना हाेटलले पनि मर्मतसम्भार गर्नुका साथै अकुपेन्सि वढाउना रूम संख्या र सैया पनि वढायका थिए सरकारले पनि हाललाई २०७७ वैशाख देखि लागुहुनेगरि २०२० काे समिति नै खारेज गरि सकेको छ।करोडौं रूपैया ऋण गरेर लगानि गरेको क्षेत्र नै काेराेनाकाे कारण प्रत्यक्ष प्रभाव परेका कारण कतिपय लगानिकर्तालाई लकडाउनकाे वेलामा पनि मानसिक तनाव उत्पन्न भयकाे सुन्न सकिन्छ ।

नेपालमा फस्टाउने क्रममा रहेको पर्यटन व्यवसायलाई धरासहिहुन वाट जाेगाउने हाे भने हाललाई श्रमिकको पारिश्रमिक जुन व्यवसाय सामाजिक सुरक्षामा दर्ता भई सामाजिक सुरक्षाकाे रकम काटिएको छ त्यसै रकमलाई हालकाे लागि परिचालन गर्नु पर्ने देखिन्छ भने सरकारले विभिन्न शिर्षक मा लगाउने कर लाई पनि पुनरविचार गर्नु पर्ने देखिन्छ र स्थानिय निकायले लगायकाे कर छुट दिनुपर्छ ।वैङ्ले पनि किस्तामा विचार गर्नु पर्छ ।व्यवसायी र श्रमिकहरू पनि उतिनै जिम्मेवार हुनुपर्छ हाल सरकारले गठन गरेको विपद काेषमा अाफ्नाे जिम्मेवारी पूरा गर्नु पर्छ।याे महामारिमा कसैले पनि राेजगर भने गुमाउनु र कटाउनु हुंदैन वरू यस वेलामा तालिम तथा क्षमता विकासका याेजना ल्याई अागामि दिनमा व्यवसायलाई गति दिन सक्ने याेजना वनाउनु पर्ने पनि देखिन्छ । लकडाउन समापन भयपछि श्रमिकलाई काम नहुन सक्छ यस्तो अवस्थामा व्यवसायीका संघ संस्था र श्रमिकहरूका संघ संस्थाको विच छलफल गरि राेजगारि कटौत नगरि कार्यदिन घटायर पनि काम लगाउन सकिन्छ ।याे विषम परिस्थितिमा सवै पक्ष मिलेर धैर्य गरि अगाडि वढ्नु काे कुनै विकल्प नहाेला ताकि सांप पनि नमराेस लठ्ठी पनि नभांचियाेस ।श्रमिक वर्गमा पनि राेजगारि गुम्लाकि भन्ने कुनै भय नहाेस ।अवकादिन राेजगारिमा धेरै चुनौति देखिन्छ ,विश्वमा हुने अार्थिक मन्दि संगै वैदेशिक राेजगारकाे क्षत्रमा पनि श्रम कटौति हुन सक्छ जसले वेराेगारि गांज्ने छ।जे हाेस याे परिस्थितिलाई सवै पक्षमिलेर यसकाे सामना गर्नु पर्नै छ ।

माेहन गजुरेल
केन्द्रीय महासचिव (ग्लाेवल नेपालिज शेफ फेडेरेसन)
कुकहरू(शेफहरू)काे संस्था


तपाईको प्रतिक्रिया