काभ्रे (धुलिखेल) –  जिल्लाको धुलिखेल नगरपालिकामा २ हजार बर्ष देखि सन्चालन हुन्दै आएको एतिहासिक र धार्मिक बिस्केट जात्रा यस बर्ष नहुने भएको छ ।

बिश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारणले क्षमा पुजा मात्र गरेर सम्पन्न गर्न धुलिखेल नगरपालिका र धुलिखेल नगरपालिका वडा नम्बर ५, ६ र ७ ले सूचना प्रकाशित गरि नगर बासिहरुमा अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेकोले उक्त समयमा संक्रमण फैलन नदिनका लागि मुलुक लकडाउनको अवस्थामा रहेकोले यस्तो समयमा धुलिखेल नगरमा पनि लकडाउन रहेकोले बिगत देखि सन्चालन हुन्दै आएको एतिहासिक र धार्मिक बिस्केट जात्रा यश वर्ष स्थगित गरिने भयको छ ।



तपाईको प्रतिक्रिया