
काठमाडौं – आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ ।
विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ ।
स्थानीय वायुको प्रभावले मौसम बदली भएको र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।