काठमाण्डौ – नयाँ बानेश्वरको आईकालु मिट सेन्टरलाइ सरकारले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा खसीको मासु प्रतिकिलो १ हजार ८ सयका दरले बेचेको पाइएको थियो । उसलाई २ लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ ।

यस्तै कलंकीकाे चितवन खाद्य स्टाेर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा २ लाख र नागार्जुन नगरपालिका ४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि. के. स्टाेरलाई ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।


तपाईको प्रतिक्रिया