काठमाण्डौ – भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ । पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आउँदो मे १ अर्थातवैशाख १९ गतेसम्मका लागि लकडाउन र  कर्फ्युको समय बढाउने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पन्जाबमा मात्रै कोरोना सङ्क्रमणका कारण १ सय ३२ जनामा कोरोना पुष्टि भएकोमा ११ जनाको ज्यान गएको छ । ५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ सय ४९ जनाको ज्यान गएको र ७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वल्डओमिटरले जनाएको छ ।

तर भारतीय संचारमाध्यमले भने अहिलेसम्म ६ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि भएको दावी गरेको छ ।


तपाईको प्रतिक्रिया