काठमाण्डौ – इटली सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको हो ।

पहिलोपटक गएको फागुन २६ गतेसम्मका लागि गरिएको लकडाउन त्यसयता पटकपटक थप गरेर आउँदो वैशाख २१ गतेसम्म पु¥याइएको हो । लकडाउनका कारण इटालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्यामा केहि कमी आएको भन्दै लकडाउनको समय बढाउने निर्णय गरिएको प्रधानमन्त्री जिसेप कोन्टेको भनाइ छ ।

गएको २४ घण्टामा इटालीमा ५ सय ७० जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ । सङ्क्रमितका हिसाबले इटली तेस्रो स्थानमा छ । इटलीमा १ लाख ४७ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।


तपाईको प्रतिक्रिया