काठमाण्डौ – काठमाण्डौ उपत्यका सुनसान बनेको १८ दिन भैसकेको छ । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि शहरमा सबैजसो घरभित्रै छन् ।

लकडाउनका कारण गाडी र कलकारखाना पनि चलेका छैनन् । धुँवाधुलो, फोहोर नहुँदा वातावरण पनि सफा भएको छ । धुँवाधुलो घटेको र चिल्ला सडक मात्रै देखिन्छ । अरु बेला खचाखच हुने व्यस्त सडकका पुल पनि खाली नै छन् ।

सडकमा अत्यावश्यक सेवाका गाडीहरु एम्बुलेन्स, दुध र पानी बोक्ने, प्रेस तथा सुरक्षाकर्मीका गाडी मात्रै फाट्टफुट्ट गुडेका छन् । सुनसान सडक र गल्लीमा सुरक्षाकर्मी मात्रै छन् । अस्पतालमा अरु बेला जस्तो बिरामीको भिडभाड छैन । पर्यटकिय क्षेत्र पनि उस्तै सुनसान छन् । बैंक तथा वित्तिय संस्थामा पनि कुनै चहलपहल छैन ।

फोटो :

 

अन्तिम अपडेट: चैत २८, २०७६


तपाईको प्रतिक्रिया