
काठमाण्डौ – विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म १६ लाख २२ हजार जनाभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख ६६ हजारभन्दा धेरैलाई उपचारपछि निको भएको छ भने ९७ हजार १ सय ९२ जनाको ज्यान गएको छ ।
अमेरिकापछि सङ्क्रमितको संख्या धेरै हुनेमा स्पेन रहेको छ । स्पेनमा १ लाख ५७ हजार २२ जना संक्रमितमध्ये १५ हजार ८ सय ४३ जनाको ज्यान गएको छ । यस्तै इटालीमा १ लाख ४३ हजार ६ सय २६ ङ्क्रमित मध्ये १८ हजार २ सय ७९ जनाको ज्यान गएको छ । भारतमा ६ हजार ७ सय २५ ङ्क्रमित छन् भने २२९ जनाको ज्यान गएको छ ।