नमोबुद्द – जिल्लाको नमोेबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको विपद् व्यवस्थापन कोषमा नगद सहयोग गरेका छन् ।

विहिबार नगर प्रमुख शर्माले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । नगर प्रमुख तिमल्सिनाले प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद चापागाँइलाई उक्त चेक हस्तान्तरण गरो थिए ।

यस अघि नमोबुद्ध नगरपालिकाका समाजसेवी गोविन्द प्रसाद घिमिरेले सो कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए । उनले नगर प्रमुख शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी उनले ४ थान पिपिइ पनि नगरपालिकालाई हस्तान्तरण गरेका छन् । घिमिरे नमोबुद्ध नगरपालिका वडा नम्वर २ का स्थायी बासिन्दा हुन् ।


तपाईको प्रतिक्रिया