काभ्रे (धुलिखेल) – पूर्वसांसद एवं नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति तिर्थ लामा र प्रदेश सभा १ (क) का उम्मेदवार सि.बि. लामाले ४४ विपन्न परिवारलाई रकम सहयोग गरेका छन् ।

दुवै जनाको संयुक्त अभियानमा काभ्रेको महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकाका हाल काठमाडौ ललितपुरमा ज्यालादारी गर्दै आईरहेका ४४ परिवारलाई राहत स्वरुप ४६ हजार रकम हस्तान्तरण गरिएको पुर्व सांसद तिर्थ लामाले बताए ।

कोरोना भाईरसले निम्त्याएको विश्व महामारीका कारण देश लकडाउन छ । यस अवस्थामा काठमाण्डौ दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दैआएकाहरु अलपत्र परेका छन् । उनिहरुलाई दैनिकि चलाउन अत्यन्तै गह्रो भएको कुरालाई महशुस गर्दै विपन्न परिवारलाई रकम सहयोग गरेको उनले बताए ।

त्यस्तै प्रदेश सभा १ (क) का उम्मेदवार सि.बि. लामाले यसरी विपदको समयमा सहयोग गर्न पाँउदा खुसी लागेको र आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्दै जाने उनले बताए ।

रकम हस्ताण्तरणमा नेपाली कांग्रेसका जिल्ला सदस्य राजु अर्याल र आदिबासी जनजाती संघको क्षेत्रीय सभापति बिलाम मुक्तान पनि सहभागी थिए । यस अघि पुर्व सांसद तिर्थ लामाले खानीखोला गाउँपलिकाका २३ विपन्न परिवारलाई व्यक्तिगत तर्फबाट ६९ हजार सहयोग गरेका थिए ।


तपाईको प्रतिक्रिया