काभ्रे (बनेपा) – मानव स्वास्थ्यमा अत्यावश्यक पोषण दुधबाट पुर्ती हुने गरेको छ । लकडाउनको समयमा विपन्न तथा श्रमिक नागरिकलाई प्रदान गर्ने राहतको प्याकेजमा दुग्धजन्य पदार्थ समावेश गर्न सरोकारवाला निकायले अनुरोध गरेका छन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएसन लगातयका संस्थाहरुले सरकारी,गैरसरकारी र सामाजिक संघ संस्थाहरुले किसानको दुध बिक्री बढाउन र उनीहरुलाई पशुपालनमा टिकाइ राख्न समेत राहतको प्याकेजमा दुधजन्य उत्पादन राख्न अनुरोध गरेका हुन् । दुध तथा दुग्धजन्य परिकारको विक्री ७५ ले घटेसँगै किसानको दुध बिक्री हुन छाडेकाले सरकारले उपलब्ध गराउने राहत प्याकेजमा दुधजन्य परिकार राख्न काभ्रेपलाञ्चोक जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण वडालले बताउनुभयो ।

किसानवाट संकलन भएको पाँच अर्बको दुध डेरी उद्योगहरुमा स्टक भैसकेकाले अब सरकारले किसानको दुध बिक्री गराउन स्थानीयतहदेखिनै राहतमा दुधजन्य पदार्थ समावेश गराउन आवश्यक रहेको वडालले भन्नुभयो ।  डेरी उद्योगीहरुले समेत आफ्नो क्षमताले सक्ने सम्मको दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आईरहेका र अहिले पाँच अर्बको दुग्धजन्य पदार्थ स्टक रहेकाले लामो समयसम्म दुध किन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल डेरी एशोसिएनका महासचिव प्रल्हाद दाहालले अव उद्योगीहरुले दुध किनेर किसानलाई पैसा दिन नसक्ने अवस्था सृजना हुन लागेकाले राहत प्याकेजमा दुग्धजन्य पदार्थ समावेश गर्न अनुरोध गरेको बताउनुभयो ।  ‘दुग्धजन्य पदार्थमा रोग प्रतिरक्षात्मक तत्व पनि बढी हुने हुँदा राज्यका सबै तह र सहयोगी दाताहरुबाट प्रदान गरिने राहतका प्याकेजमा दुग्ध जन्य पदार्थ जस्तै घ्यू , पनिर के के मिल्छ समाबेश गरि किसानको दुध बिक्री हुने कार्यमा सहयोग गरि किसानको मर्म बुझ्नुहुन बिनम्र अपिल गर्दछु’ महासचिव दाहालले भन्नुभयो ।

नेपालमा पाँच लाख किसान परिवार प्रत्यक्षरुपमा दुध उत्पादन कार्यमा संम्लग्न तंथ्याङ्ग रहेको नेपाल डेरी एशोसिएसन नेपालले जनाएको छ । कूल ग्राहस्थ उत्पादनमा द्ुध क्षेत्रले नौ प्रतिशत योगदान दिएको छ भने नेपालमा डेरी उद्योगमा ३० हजारले रोजगारी पाएका छन् । शहरवाट दुधकै पैसा दैनिक पाँच करोड गाउँमा भित्रिएकाले शहर तथा गाउँको सन्तुलन कायम राख्न समेत किसानको दुध बिक्रीको वातावरण मिलाउन महासचिव दाहालले बताउनुभयो ।


तपाईको प्रतिक्रिया