लन्डन – कोरोना भाइरस (कोविड १९) ले बेलायतमा ८ जना चिकित्सकको ज्यान लिइसकेको छ । उनीहरु सबै आप्रवासी भएको न्योर्कटाइम्सले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा इजिप्ट, भारत, नाइजेरिया, पाकिस्तान, श्रीलंका र सुडानका ८ डाक्टर हुन् । आप्रवासी मात्र डाक्टरको निधन भएपछि जातिय भेदभावसँग मिल्दोजुल्दो रहेको सो अनलाइनले टिप्पणी गरेको छ ।

बेलायतमा कोरोना भाइरसका कारणले करिब ८ हजारको ज्यान गएको छ । जसमा ४ जना भूपू गोर्खासहित स्वास्थ्यकर्मी, लण्डन बस चालकलगायत छन् । मृत्यु हुने अधिकांश आप्रवासी स्वास्थ्यकर्मी छन् । ६५ हजार जना कोविड १९ बाट संक्रमित भएका छन् ।


तपाईको प्रतिक्रिया